८ कार्तिक २०८३, आइतबार

एसएसपी थापा नेतृत्वको १५ सदस्यीय टोली हाइटी मिसनमा जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeकाठमाडौं, ६ साउन । नेपाल प्रहरीको एक टोली शान्ति विहीबार मिसनका लागि हाइटी जाँदै छ ।

संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ हाइटीस्थित मिनुस्ताह मिसनमा खटि जाने १५ जनाको प्रहरी टोलीलाई प्रहरी प्रधान कार्यालय, प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बीरेन्द्रबाबु श्रेष्ठले बुधबार आयोजित एक समारोहबीच बिदाई गर्नुभयो ।

साउन ७ गते त्यसतर्फ प्रथान गर्नेहरुमा प्रहरी नायव उपरीक्षक ८ जना, प्रहरी निरीक्षक ३ जना र प्रहरी नायव निरीक्षक ४ जना गरी १५ जना रहेका छन् । मिनुस्ताह मिसनमा हाल प्रहरी बरिष्ठ उपरीक्षक दिपककुमार थापासमेत १५ जना प्रहरी कर्मचारी कार्यरत रहेका छन् ।