८ कार्तिक २०८३, आइतबार

मस्यौदा समितिका तामाङ जनतामाझ यसरी खटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tamang (1) मेलम्ची, ६ साउन । वर्षातको समय,त्यसमाथि मानु खाएर मुरी उब्जाउनुपर्ने बेला । यस्तो समयमा पनि सिन्धुपाल्चोक क्षेत्र नं ३ का जनता संविधानको मस्यौदामा आ–आफ्नो सुझाव दिन मेलम्चीमा भेला भएका थिए ।

साउन २ गतेदेखि नै अनौपचारिकरुपमा जनताको सुझाव संलग्न रहेका सभासद् तामाङ पहिरोका कारण अवरुद्ध बाटोको कुनै पर्वाह नगरी आफ्नो कार्यमा तल्लीन रहे । सभासद्लाई कतिपयले घुर्कीका भाषा प्रयोग गरे भने कतिपयले आफूले राखेका सबै विषय संविधानमा उल्लेख गर्न आग्रह गरेका थिए । विशेषगरी राजनैतिक पार्टीका क्षेत्रीयस्तरका नेताहरुले आ–आफ्नो क्षेत्रका समस्यादेखि आगामी संविधानमा उल्लेख गर्नैपर्ने विषयहरु जस्तो किसानका समस्या, शिक्षा स्वास्थ्य, रोजगार, विकास निर्माण र स्थानीय तहको संरचनामा आ–आफ्ना सुझाव राखेका थिए ।

यसरी सुझाव राख्नेमाहरुमा नेकपा एमालेका क्षेत्रीय अध्यक्ष मित्रलाल चौलागाई, नेपाली कांग्रेसका बद्री चौलागाई, एमाओवादीका भरत थापा, राप्रपाका उदय सापकोटा लगायत अन्य पार्टीका प्रतिनिधिले सुझाव प्रस्तुत गरेका थिए । ८ वटा संघ बढी भएको भन्दै आर्थिक बोझ पर्ने भएका कारण बढीमा ६ नत्र ५ वटा प्रदेश अधिकांश सहभागीहरुको थियो ।

tamang (2)

त्यसैगरी स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउन जिल्ला सम्मन्वय समितिको आवश्यकता नरहेको सुझाव राख्नेमा जिविस पूर्व उपसभापति डम्बर अर्याल र नेपाली कांग्रेसका पूर्वसभापति भूपेन्द्रबहादुर थापाले राखेका थिए । त्यसो त सुझाव संकलन कार्यक्रममा नारा जुलुससहित उपस्थित भएको राप्रपा नेपालका प्रतिनिधिले पनि लिखित सुझाव राखेको थियो । यसरी आफ्ना जनतामाझ पुगेर विभिन्न सुझाव संकलन केन्द्रबाट महत्वपूर्ण सुझावको पुलिन्दा लिएर फर्किएका तामाङलाई जनताले त निकै आक्रोश पोखे नि है ? भनेर प्रश्न गर्दा तामाङको जवाफ थियो–यो आक्रोश हैन, जनताले आफ्नो अधिकार आफ्नै प्रतिनिधिमार्फत मागेको सवाल हो । अर्थात आफ्नो अधिकार सुरक्षित हुनृुप¥यो भनेर गरिएको अपिललाई आक्रोश भन्न मिल्दैन । कार्यक्रम त सफल भयो, प्राप्त भएका सबै सुझावहरु अटाउन कोशिस गर्छु भन्नुभएको छ, के सम्भव छ ? हेर्नुस् त्यहाँ उठेका कतिपय विषयहरु दोहोरिएका छन्, र कतिपय संविधानमा उल्लेख गर्नैपर्ने विषयहरु छन् । ति सबै विषयहरुलाई गाम्भीर्यताका आधारमा समावेश गराउन पहल गर्छु ।

स्थानीय इन्द्रेश्वरी उच्च माविको प्राङगणमा भएको सो कार्यक्रममा सबै तह र तप्काका व्यक्ति तथा संघ/संस्थाका प्रतिनिधिले आ–आफ्ना सुझाव राखेका थिए । प्राप्त सुझावलाई आफूले सकेसम्म संविधानमा समावेश गराउन पहल गर्ने बताउँदै सभासद् तामाङले कतिपय विषयहरु छुटेका भएतापनि आगामी संविधानमा सबै वर्गको अधिकार स्थापित हुने कुरामा आश्वस्त पारेका थिए ।