३० आश्विन २०८३, शुक्रबार

कवाड व्यवसायीले गरे बालेनका विरुद्ध प्रदर्शन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० भदौ । कवाड व्यवसायी संघर्ष समितिले बालेनका विरुद्ध प्रदर्शन गरेका छन् । आज (मंगलबार) काठमाडौंका नगर प्रमुख बालेनले कवाड व्यवसायी माथि गुण्डा गर्दी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

कवाड व्यवसायी संघर्ष समितिमा संयोजक राम केवल गुप्ताका अनुसार २ वर्षदेखि नगर प्रमुखले कवाडी व्यवसायीका घर र व्यवसायमा डोजर लगाउने काम गरेको छ र आज त्यसको विरुद्धमा व्यवसायीहरुले प्रदर्शन गरेको हो ।

उनले भने, ‘महानगरले के भन्छ भने यो कवाडी रहदैन, हामी निजी जग्गामा, व्यक्तिसँग जग्गा लिएर व्यवसाय गरिरहेका छौ । हामीले सरकारसँग व्यवसाय गर्ने अनुमति लिएर व्यवसाय गरेका छौ भने मेयरले त्यसो भन्ने अधिकार छैन नि ।’

उनले समस्या भए वार्ता मार्फत मिलाउन मिल्ने भन्दै महानगरले एक अरब रुपैयाँको लागि आफूहरुलाई हटाउन खाजेको पनि बताए । ‘गरिवको घरमा डोजर लगाइदिने ? सबै भत्काएर भगाइदिने ? काठमाडौंबाट कवाडलाई हटाएर एक अरव रुपैयाँ महानगरलाई आउने भएको हुनाले हामीलाई हटाउन खोजिएको हो ।’ उनले भने,