३० आश्विन २०८३, शुक्रबार

सिटिजन्स बैंक र सिटीटेकबीच लुप क्रेडिट तथा ईएमआई सेवाका लागि सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ ।

यस सहकार्यसँगै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यमबाट सहज रूपमा कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने भएको छ ।

यस सम्झौतापश्चात् सिटिजन्स बैंकका योग्य डेबिट कार्ड, क्रेडिट कार्ड होल्डरहरुले लुप नेटवर्कमा आबद्ध विभिन्न पसल तथा व्यावसायिक प्रतिष्ठानहरूबाट सामान खरिद गर्दा सहजै इन्स्ट्यान्ट पर्चेज क्रेडिट लुप क्रेडिट सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले आफ्नो सिटिजन्स बैंकको डेबिट कार्ड, क्रेडिट कार्डमार्फत गरिएको भुक्तानीलाई सहजै मासिक किस्ताबन्दी लुप इएमआईमा रूपान्तरण गर्न सक्नेछन् । यस सुविधाले ग्राहकहरूलाई आवश्यकता अनुसार वित्तीय पहुँच उपलब्ध गराउनुका साथै खर्च व्यवस्थापन गर्न, खरिद प्रक्रियालाई सहज बनाउन र सरल भुक्तानीको अनुभव लिन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

सिटीटेक ग्रुपसँगको यस सहकार्यले डिजिटल भुक्तानी तथा उपभोक्ता कर्जा सुविधालाई थप सहज र पहुँचयोग्य बनाउन सहयोग पुर्‍याउने विश्वास बैंकले लिएको छ । यसबाट ग्राहकहरूले आधुनिक डिजिटल बैंकिङ सेवाको लाभ उठाउँदै आफ्नो दैनिक खरिद तथा भुक्तानीलाई अझ सुविधाजनक बनाउन सक्नेछन् ।