काठमाडौं, ६ साउन । काठमाडौंको कीर्तिपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार एक जना गम्भीर घाइते भएका छन् ।
कीर्तिपुर–३ स्थित सडकमा बा. ६२ प ९७७७ र बा. ६२ प १८८४ नम्बरका दुइ मोटरसाइकल तथा साईकल मंगलबार एकआपसमा ठक्कर खाँदा साईकल चालक सर्लाही कोरीयाटारका ३२ बर्षीय बिजय महत्तोको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका साइकलमा सवार बर्मादेव महत्तोको मोडल अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ । दुबै मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया