काठमाडौं, ६ साउन । कतार एयरको उडानद्धारा दुवई हुंदै काठमाडौं आएका नवलपरासी नारायणी–९ का राहदानी नम्बर ०५८८७२४३ वाहक २३ बर्षीय रामचन्द्र थनेतलाई ८ सय ७५ ग्राम सुनसहित प्रहरीले बुधबार पक्राउ गरेको छ ।
डिभिडि प्लेयरको टासफर्म भित्रको क्वायल राख्ने ठाँउमा लुकाई ल्याएको उक्त परिमाणको सुन त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरणस्थित भन्सार चेकजाँचको क्रममा फेलापारी उनलाई सुनसहित पक्राउ गरेको हो ।
यसैगरी प्mलाई दुवई एयरको उडानद्धारा दुवईबाट काठामाडौं आएका पर्वत बेटुलीबास–९ का राहदानी नम्बर ०८५२४४४ बाहक २४ बर्षीय दिल्लीराम बस्याललाई ७ सय ५८.१६ ग्राम सुनसहित प्रहरीले बुधबार पक्राउ गरेको छ ।
डिभिडि प्लेयरको टासफर्म भित्रको क्वायल राख्ने ठाउँमा लुकाई ल्याएको उक्त परिमाणको सुन त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरणस्थित भन्सार चेकजाँचकोक्रममा फेलापारी उनलाई सुनसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया