काठमाडौं, ९ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।
विप्लवसँग भेटका लागि प्रचण्ड हरिसिद्वि पुगेका थिए । दुई नेताबीच एकता लगायतका विषयमा छलफल भएको बुझिएको छ ।
माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो। तर विप्लवका कतिपय नेताले भने एकता हुने माओवादीको दावी अस्वीकार गर्दै आएका छन् ।















प्रतिक्रिया