२७ असार २०८३, शनिबार

वर्तमान सरकारले संविधान संशोधनको प्रस्ताव संसद्मा लैजान्छः योगेश भट्टराई

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ भदौ । नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसद्मा ल्याउने बताएका छन् । काठमाडौँमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताए ।

उनले संशोधन प्रस्ताव लैजाने बारेमा संसद्का सबै राजनीतिक दलसँग छलफल हुने पनि स्पष्ट पारे । उनले संविधान संशोधनका लागि संसद्को दुई तिहाइ बहुमत आवश्यक पर्ने भन्दै नेपाली काँग्रेस र एमालेको समर्थनले मात्रै संविधान संशोधन हुन नसक्ने बताए ।

संविधान संशोधनका एजेण्डालाई नागरिकमा पनि लगेर छलफल गर्ने बताए। सकेसम्म सर्वसम्मत हुने गरी संविधान संशोधनको प्रस्ताव लैजाने प्रतिबद्धता जनाए ।

सचिव भट्टराईले भने, ‘हामी यो सरकारको कार्यकालभित्र संविधान संशोधनको प्रस्ताव संसद्मा ल्याउँछौँ, यति कुरा म ढुक्कसित भन्छु । काँग्रेस र एमालेको मात्रै समर्थनले संविधान संशोधन हुँदैन । सकेसम्म सर्वसम्मत हुनेगरी संविधान संशोधनको प्रस्ताव लैजान्छौँ । निर्वाचन प्रणाली पनि छ त्यसको एजेण्डा ।’

सचिव भट्टराईले राजनीतिक दलहरूको अडिट पनि महालेखाले गर्नुपर्ने प्रस्ताव गरे ।