कञ्चनपुर, २९ जेठ । गर्मीका कारण कञ्चनपुरमा दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चाँदनी–६ का जोटी कोली र भीमदत्तनगरपालिका–५ वनखेत खाद्य मिलमा काम गर्ने मजदुर डडेल्धुराका मानबहादुर टेरको मृत्यु भएको हो ।
काम गर्दागर्दै बेहोस भएर अस्पतालमा ल्याउँदै गर्दा दुवैजनाको गर्मीका कारण मृत्यु भएको बताइएको छ ।
टेरको शवलाई महाकाली अञ्चल अस्पतालमा राखिएको छ भने कोलीको शव उनका आफन्तले बुझेर लगिसकेका छन् ।
















प्रतिक्रिया