८ कार्तिक २०८३, आइतबार

जलेश्वरमा पोखरीमा डुबेर बालिकाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, ६ साउन । महोत्तरीको जलेश्वर नगरपालिका–१४ मा आज बिहान पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१४ बेलाटोल बस्ने मनोज ठाकुरकी सात वर्षीया छोरी राधाकुमारी ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आफ्नै घर अगाडि रहेको सदा पोखरीको डिलमा बच्चासँग खेलिरहेकी बालिका सोही पोखरीमा नुहाउन पुगेकी र गहिरो ठाउँमा पुगेपछि उनको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

बालिका ठाकुर कतिबेला कसरी पोखरीमा पुगेकी हुन् भन्नेबारे घरका कसैलाई केही थाहा नभएको तथा १० बजेतिर उनलाई खाना खुवाउनका लागि घरमा खोजतलास गर्दा उनी पोखरीमा डुबेर तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक ठाकुरको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस