नोह्मपेन, ६ साउन । कम्बोडियाको नोह्मपेन नगर अदालतले विभिन्न ११ प्रतिपक्षी आन्दोलनकारीलाई मङ्गलबार जेल चलान गर्ने आदेश गरेको छ ।
प्रतिपक्षी दलका नेता तथा सदस्यलाई हिंसात्मक आन्दोलन गरी राज्यका द्वन्द बढाएको अभियोग लगाउदै ७ देखि २० वर्षको जेल सजायँ सुनाइएको हो ।
उनीहरुमध्ये केहीलाई आन्दोलनको नेतृत्व गरेको र अरुलाई नोह्मपेन नजिकको ‘फ्रिडम पार्क’ वरिपरि आन्दोलनमा सहभागी भई देशमा हिंसात्मक आन्दोलन गरेको भनी दोषी देखाइएको छ ।
उनीहरुमाथि ठिक एक वर्ष अगाडि भएको हिंसात्मक आन्दोलनमा कैंयौ सुरक्षा अधिकारीसहित ४० नागरिकलाई सख्त घाइते हुनेगरी आक्रमण गरेको दोष लगाइएको छ । रासस/सिन्ह्वा















प्रतिक्रिया