३० आश्विन २०८३, शुक्रबार

क्षेप्यास्त्र आक्रमणबाट १८ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

missile-launch1बेरुत, ६ साउन । सिरियन शासक पक्षबाट गरिएको एक क्षेप्यास्त्र आक्रमणमा परी उत्तरी सिरियामा पर्ने एलेप्पो सहरमा कम्तिमा १८ नागरिकको मृत्यु भएको निरीक्षकहरुको समूहले जनाएको छ ।

सिरियाको उत्तरी क्षेत्रको आवास क्षेत्रमा भएको उक्त आक्रमणमा धेरैजसो घरभित्रै बसिरहेका सिरियाली नागरिकको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा एक बच्चा रहेका थिए ।

उक्त घटनामा दर्जनौँ घाइते भएका सिरियाली मानवअधिकारवादी संस्थाका निर्देशक रमी अब्देल रहमानले भन्नुभयो ।

आक्रमणमा ३५ घर नष्ट भएको कुरा पनि रहमानले एएफपीलाई बताउनुभयो । रासस÷एएफपी