काठमाडौं, ६ साउन । एसएसपी रमेश खरेल नेपाल प्रहरीमा धेरैका लागि रोलमोडल हुन् । जब उनी राम्रो काम गरेर चर्चित हुँदै गए, सिंगो प्रहरी संगठनमै पैसा कमाउने भन्दा राम्रो काम गरेर इज्जत कमाउने ट्रेन सुरु भयो ।
थुप्रै जिल्लामा बसेर राम्रो काम गरेर चर्चा कमाएका खरेल करिब एक वर्षयता उनी त्यती चर्चामा छैनन् । किनकी प्रत्यक्ष पुलिसिङ गर्ने कार्यालयमा छैनन् । विगत १ वर्षदेखि उनी क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका प्रमुख छन् । जहाँ भर्खरै भर्ना भएका नयाँ प्रहरीहरुलाई उनले तालिम दिइरहेका छन् ।
खरेलको प्रत्यक्ष निर्देशनमा तालिम पाएका २ सय ५० जना असईहरुले गत बुधबार तालिम पुरा गरी दिक्षीत भएका छन् । संगठनमा निष्ठावान प्रहरीका रुपमा चिनिएका खरेलबाट प्रत्यक्ष प्रशिक्षित ती असईहरु भोली खरेलकै पक्षमा हिड्ने धेरैले अपेक्षा गरेका छन् ।
पछिल्लो समय प्रहरीमा ९९ प्रतिशत प्रहरी योग्यताका आधारमा भर्ना हुन्छ । त्यसरी भर्ना गर्दा क्षमतावान् प्रहरी आउने भएकाले उनीहरुलाई तालिमदेखि नै असर प्रहरी बनाउन सिकाएमा भोली साँच्चिकै राष्ट्रसेवक बन्नेछन् । खरेलले उनीहरुले तालिमसँगै नैतिकताको शिक्षा समेत सिकाएका छन् । असर गुरुको नेतृत्वमा तालिम पाएकाले उनीहरु पनि भोली प्रहरीका ‘नयाँ रमेश खरेल’ बन्ने अपेक्षा धेरैले गरेका छन् ।
दीक्षान्त कार्यक्रममा दिक्षित प्रहरीहरुलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भनसुनका आधारमा नभई योग्यता र क्षमताका आधारमा निश्पक्ष प्रतिस्पर्धाबाट छनौट भएको हुँदा आफ्नो चौडा छाती र उच्च शिर बनाएर कार्य क्षेत्रमा निर्धक्कताका साथ कर्तव्य पालन गर्न निर्देशन दिएका थिए । प्रशिक्षार्थीहरु मध्ये प्रहरी सहायक निरीक्षकहरु भक्तकुमार तुम्रोक प्रथम, हरिबहादुर खत्री द्धितीय, बेगम बहादुर रोका क्षेत्री तृतीय भएका थिए । दृष्टि साप्ताहिकमा खबर छ ।
















प्रतिक्रिया