४ कार्तिक २०८३, बुधबार

रामचन्द्र पौडेलले छोरा चिन्तनको जागिर एक वर्ष बढाए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chintan-Poudelकाठमाडौं, ६ साउन । विवाद नै विवादका बीच पोहोर कात्तिक २० गते गरिब घरपरिवार सहयोग समन्वयन बोर्डको कार्यकारी उपाध्यक्षमा सरकारबाट नियुक्त कांग्रेस उपसभापति रामचन्द्र पौडेलका छोरा चिन्तनलाई थप एक वर्ष त्यही बसेर सिक्ने मौका गत शुक्रबारको क्याविनेट बैठकले प्रदान गरेको छ ।

सोही बैठकले विदेशमा एडिसी कोर्स गरेर उपल्लो दर्जासम्म पुग्ने सपना देखिएरहेका झापामा तैनाथ ब्रिगेडिएर जर्ने रविन्द्रदास श्रेष्ठले उमेर सच्याएको आरोपमाथि छानविन र कारबाही भोग्नुभन्दा सर्लक्क पन्छनु उचित ठानेर पेश गरेको राजीनामा साउन १ देखि लागू हुने गरी स्वीकृत गरेको समाचार जनआस्था साप्ताहिकले छापेको छ ।

सेवामा ३५ वर्ष ६ महिला सेवा पूगारगरेका उनले घरायसी समस्याले गर्दा भन्दै असार ११ गते राजीनामा दिएका थिए ।