काठमाडौं, ६ साउन । एमाओवादी नेता बाबुराम भट्टराईले प्रचण्ड बढी लचिलो हुँदा प्रत्यक्ष निर्वाचित शासकीय स्वरुपको अडान छाड्नुपरेको बताएका छन् ।
गोरखामा सुझाव संकलनका लागि पुगेका भट्टराईले भने, ‘हाम्रो अध्यक्षले हठातमा अन्य विषयमा सहमति हुन्छ भने हामी शासकीय स्वरुपपमा सहमति गर्न तयार छौं भनेर फ्याट्ट बोलिदिनुभयो’ अडान छाडे पनि कार्यकारी प्रमुखबारे दलबीच छलफल चलिरहेको उनले बताए ।
‘कांग्रेस एमालेको केही साथीहरु पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा सकारात्मक हुनुहुन्छ’ भट्टराईले भने, ‘अझै पनि सहमति गरेर मस्यौदालाई परिमार्जन गर्न सकिन्छ ।’ प्रत्यक्ष निर्वाचित प्रणालीले मुलुकमा स्थिरता, स्थायित्व, समृछि र राष्ट्रिय स्वाधिनता बलियो हुने उनले दाबी गरेको कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया