४ कार्तिक २०८३, बुधबार

सभासद नेजमा खातुनलाई किन आफ्नो टाउको प्यारो लाग्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nejma-Khatunकाठमाडौं, ६ साउन । संविधानको मस्यौदामाथि सुझाव संकलन गर्न आयोजित कार्यक्रममा मधेसवादी दलका नेता कार्यकर्ताले ढुंगा प्रहार गरेपछि बारा क्षेत्र नम्बर ४ की सभासद् नेजमा खातुनले हेल्मेट लगाएर स्थानीयको राय बुझेकी छिन् ।

छातापिपरास्थित विद्यालयको खुल्ला चौरमा आयोजित कार्यक्रमस्थल बाहिरबाट मधेसवादी दलका नेता कार्यकर्ताले ढुंगा प्रहार गरिरहे पनि प्रहरी सुरक्षा घेराभित्र रहेकी सभासद् खातुनले हेल्मेट लगाएर स्थानीयको सुझाव लिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

विद्यालय हाताभित्र कार्यक्रम भइरहँदा मधेसवादी दलका नेता कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए ।