१५ असार २०८३, सोमबार

दोर्दी खोलाले बगाएर युवक बेपत्ता 

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २ भदौ । लमजुङको दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक युवक बेपत्ता भएका छन् ।

लमजुङ दोर्दी गाउँपालिका–३ स्थित दोर्दी खोलामा चितवनको कालिका नगरपालिका–१० का १९ वर्षीय उत्तरकुमार प्रजा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहका अनुसार बेपत्ता युवक सोही स्थान नजिकैको उत्तरदेवी कृषि तथा पशु फार्ममा काम गर्दै आएका थिए ।

अहिले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा खोजी गरिरहेको प्रहरीले जनाएको छ ।