नयाँदिल्ली, ५ साउन । भारतको उच्च अदालतले मङ्गलबार मुम्बई बम आक्रमणका योजनाकारमध्ये एक याकुव मेननले अदालतसमक्ष गरेको अन्तिम याचनालाई उक्त अदालतले खारेज गरिदिएको छ ।
सयौँको हत्या हुने गरी सन् १९९३ मा गरिएको उक्त आक्रमणमा उनलाई दोषी ठहर्याई मृत्युदण्ड सुनाइ सकिएको छ ।
भारतीय सञ्चारमाध्यममा जनाइएअनुसार अब मेननलाई यही साउन १४ गते (जुलाई ३० तारिख) मा घटनाको दुई दशकपछि मृत्युदण्ड दिइने छ ।
‘बम्बई स्टक एक्सजेन्ज’ भारतीय वायुसेवा कार्यालय र एउटा तारे होटललाई उनीहरुले निसाना बनाउँदा २५७
जनाको ज्यान गएको थियो भने कैयौँ नागरिक घाइते भएका थिए ।
उक्त आक्रमणका मुख्य योजनाकार भने अझै फरार छन् । रासस/एएफपी
















प्रतिक्रिया