३० आश्विन २०८३, शुक्रबार

परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ साउन । परराष्ट्रमन्त्री डा.आरजु राणा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेट भएको छ । आज सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवर्ता भएको हो ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गरिसकेका छन् । मिश्री दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन् ।