८ कार्तिक २०८३, आइतबार

अब अविवाहित युवतीले पनि बच्चा जन्माउन पाउने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-nightमोरङ, ५ साउन । संविधानको मस्यौदामा सुझाव संकलन चलिरहेका बेला मोरङका महिलाहरुले अविवाहित युवतीले पनि बच्चा जन्माउन पाउनुपर्ने माग राखेका छन् ।

मोरङको क्षेत्र नम्बर १ बाट प्राप्त भएका सुझावमा महिलाले विहे नगरेरै पनि बच्चा जन्माउने अधिकारको सुनिश्चित गर्न माग गर्दै सुझाव दिएको सुझाव संकलनका खटिएका कर्मचारीले बताएका छन् ।

‘हामीले लिएका सुझाव मध्ये यो क्षेत्रमा १० प्रतिशतले विहे नगरीकनै बच्चा जन्माउन पाउनुपर्ने माग राखेका छन्’ सुझाव संकलनमा खटिएका एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने-‘यो सुझाव एकदमै नौलो आयो ।’

महिलाहरुले महिला अधिकार भनेर ३३ प्रतिशत दिने तर, पर पुरुषसँगको सम्बन्धले बच्चा जन्माउँदा अधिकार नदिने कानुन खारेज हुनुपर्ने माग राखेका छन् । यो सुझाव पाएपछि सभासद नै छक्का परेका छन् । महिलाहरुले दिएको सुझावमा टिप्पणी गर्दै सभासदहरुले संविधानमा कायम राख्न पहल गरिने आश्वासन दिएको ती कर्मचारीले बताए । उसो त मोरङमा यौनधन्दादेखि अवैध सम्बन्धका थुप्रै घटना बेला बेला समाचार बनेर आइरहेका हुन्छन् ।