२९ आश्विन २०८३, बिहिबार

बाख्रा हराएपछि आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aatmahatya-suicide

बर्दिया, २९ जेठ । बाख्रा हराएको रिसमा श्रीमानले कुटपिट गरेपछि बर्दिया जमुनी ८ की ३० वर्षीया बालकुमारी थापा शाहले विषाली सेवन गरी आत्महत्या गरेकी राजधानी दैनिकमा समाचार छ।

उनको नेपालगन्जको नर्सिङहोममा उपचारका क्रममा मंगलबार ज्यान गएको छ । गत आइतबार साँझ घरनजिकै जंगलमा चराउन लगेका दुई वटा बाख्रा हराएपछि श्रीमान शंभु शाहले बालकुमारीमाथि कुटपिट गरेका थिए ।

‘साँझ बाख्रा हराएको निहुँमा झगडा भएछ । कुटपिट पनि गरेछ र घरबाट निस्कन भनेपछि बिहानै विषादी सेवन गरेको बुझिएको छ,’ मृतक बालकुमारीका काका डम्बर थापाले भने ।

मृतकका एक छोरा र एक छोरी छन् । माइती पक्षले भने आत्महत्या नभएर बालकुमारीको हत्या भएको भन्दै शंभुमाथि इलाका प्रहरी कार्यालय मैनापोखरीमा जाहेरी दर्ता गराएको काका डम्बरले जानकारी दिए ।