सिराहा, ५ साउन । सिरहामा साउने व्रत बसेका दुई युवतीको मृत्यु भएको छ ।
धनगढी-४ बस्ने २० वर्षीया मन्जुलाकुमारी मोची र २० वर्षीया चन्द्रीकाकुमारी मोचीको उपचारकोक्रममा सोमबार मृत्यु भएको छ ।
सोमबारे ब्रत बसेका उनीहरु बेलुका धनगढी बजार गई फलफुल र फ्रुटी खाएर घर पुग्दा पेट दुख्यो भनेपछि श्रमजिबि मेडिकल छप्रारीमा सामान्य उपचार गरी लभकुस अस्पताल लाहान लगी थप उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया