८ कार्तिक २०८३, आइतबार

गाईघाटमा झडपपछि पन्ध्रजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट (उदयपुर), ५ साउन । सदरमुकाम गाईघाटमा प्रहरीसँग झडपमा उत्रने विभिन्न पार्टीका १५ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

दिउँसो गाईघाटस्थित सिटीहलमा संविधानको मस्यौदामा रायसुझाव सङ्कलन गर्ने क्रममा बाधा–अवरोध पु¥याउने राप्रपा नेपाल, नेकपा–माओवादी वैद्य समूह तथा नेकपा माओवादी विप्लव र नेकपा एकीकृतसहितका समूहका गरेर १५ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको उदयपुर प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा नेकपा–माओवादी वैद्य समूहका जिल्ला अध्यक्ष कुशल कार्की, नेकपा माओवादी नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला अध्यक्ष केदारकुमार राई, राप्रपा नेपालका जिल्ला अध्यक्ष दत्तनारायण केसी रहेका छन् ।

यस्तै, नेकपा एकीकृतका केन्द्रीय सदस्य अमर परियारसहित लक्ष्मण पौडेल, श्याम कार्की, पूर्ण तामाङ, मानबहादुर दनुवार र बाबुराम शर्मा पक्राउ परेको प्रहरीले बताएको छ । अन्यमा एकबहादुर कार्की, काजीमान तामाङ, केशव खड्का, नयन्द्र राई, लिबहादुर बिक, निरबहादुर खड्कालगायत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख टेकबहादुर गुरुङले बताउनुभएको छ ।

उदयपुरका चारजना सभासद्सहित प्रजिअ कृष्णचन्द्र घिमिरे गाईघाटस्थित सिटीहलमा संविधानको मस्यौदा सम्बन्धित सुझाव सङ्कलन गर्न हलमा प्रवेश गर्ने समयमा सम्बन्धित राजनीतिक दलका नेता तथा कार्यकर्ताले मस्यौदा खोस्ने प्रयास गरेका थिए । रासस