१० कार्तिक २०८३, मंगलबार

नागढुंगा सुरूङ मार्गबाट सवारी आउजाउ गर्दा लाग्ने शुल्क निर्धारण, कसलाई कति ?

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नागढुंगा सुरुङमार्गबाट सवारी आउजाउ गर्दा लाग्ने शुल्क सरकारले निर्धारण गरेको छ ।

साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले दस्तुर दरलाई सवारी प्रकार र दिशा अनुसार फरक–फरक तोकेको हो। दरअनुसार कार र भ्यानले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

मिनी बस र ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको हो । बस तथा ठूला ट्रकलाई प्रवेशमा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ लाग्नेछ।

त्यस्तै, भारी उपकरणसहित प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने तोकिएको हो ।