८ कार्तिक २०८३, आइतबार

आज पनि जनकपुरमा मासको बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

band-newsजनकपुरधाम, ५ साउन । मधेस अधिकार सङ्घर्ष समिति (मास)ले आज दोस्रो दिन पनि जनकपुर बन्दको कार्यक्रम यथावत राखेको छ ।

संविधानको प्रारम्भिक मस्यौदा मधेस विरोधी रहेको भन्दै मस्यौदामा मधेसको हक अधिकार, प्रदेशको नामाङ्कन, सीमाङ्कन र नागरिकतासम्बन्धमा विभेद गरिएकोे भन्दै मासले सोमबार र मङ्गलबार जनकपुर बन्दको पूर्वघोषणा गरेअनुसार आज पनि जनकपुर बन्द रहेको छ ।

मस्यौदाको सुझाव सङ्कलन कार्यक्रमलाई बिथोल्ने उद्देश्यका साथ मासले दुई दिन जनकपुर बजार बन्दको आह्वान गरेको मासका संयोजक सरोज मिश्रले बताउनुभयो ।

मिश्रका अनुसार सुझाव सङ्कलनका क्रममा नेपाल प्रहरीले गरेको दमनको विरोध गर्दै आज जनकपुरका विभिन्न चोकमा टायर बालेर प्रदर्शनसमेत गरिएको छ ।

जनकपुरको मुजेलिया, पीडारी चोक, रामानन्दचोक लगायतका विभिन्न चोकमा स्थानीयवासीले स्वतः स्फूर्तरुपमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

यसका साथै मधेस सम्बद्ध राजनीतिक दलले धनुषाको क्षेत्र नं १ र ७ बाहेक २, ३, ४, ५ र ६ को सुझाव सङ्कलन कार्यक्रममा गतिरोध पैदा गरी सोमबार सुझाव सङ्कलन हुन दिएनन् भने आन्दोलनकारी एवम् प्रहरीबीच झडप हुँदा करिब ५० जना घाइते भएका थिए । रासस