८ कार्तिक २०८३, आइतबार

विवाह गरी ल्याएकी श्रीमतीले आत्महत्या गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Marriage-bhaugu-devarसप्तरी, ५ साउन । सप्तरीको कोलाडीमा झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छन् ।

कोलाडी-८ बस्ने पङ्कज यादवकी १८ वर्षीया श्रीमती सीता यादवले आफ्नो घरमा कोही नभएको बेला सलको पासो लगाएर आत्महत्या गरेकी हुन् । आत्महत्याको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले भर्खरै विवाह गरेका थिए ।

नवविवाहित महिलाको आत्महत्याले परिवारको बदनाम भएको छ । महिलाको हत्यापछि प्रहरीले पनि उनका पतिलाई शंकाको घेरामा राखेर अनुसन्धान थालेको छ ।

यस्तै, सप्तरीमै सर्पको टोकाइबाट सप्तरीको बभन्नगामाकट्टी गाविस-२ मंसापर निवासी १३ वर्षीय विष्णुकुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । मण्डललाई घरमा सुतेका बेला विषालु सर्पले टोकेको थियो ।

दुवैको शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।