४ कार्तिक २०८३, बुधबार

कसले दियो एकै दिन पचास लाख सुझाव ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sambidhanकाठमाडौं, ५ साउन । संविधानको मस्यौदामाथि जनमत संकलन गर्ने राष्ट्रिय अभियानको अन्तिम चरणको पहिलो दिन सोमबार छिटफुट घटनाबाहेक देशव्यापी रुपमा उत्साहजनक सहभागिता भएको छ ।

३ सयभन्दा बढी ठाउँमा भएको जनमत संलकनका क्रममा पहिलो दिन नै ५० लाखभन्दा बढीले सुझाव संकलनमा सहभागिता जनाएको संविधानसभा सचिवालयको प्रारम्भिक अनुमान रहेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

मस्यौदा संकलन कार्य ऐतिासि भव्ययताका साथ सफल भएको संविधानसभा सचिवालयले प्रष्ट पारेको छ ।

पार्टीका शीर्ष नेताहरुसहित सुझाव संकलनमा पठाएर आफूले संविधानसभा सचिवालयबाटै देशभरिको संयोजन गरेका सभाध्यक्ष सुवास नेम्वाङले पहिलो दिनको सुझाव संकलन कार्य एक दुई जिल्लामा छिटफुट घटनाबाहेक सानदार भएको र जनताको उत्साह साँच्चै नै ऐतिहासिक भएको जानकारी दिए ।

यद्यपि एमाले नेता माधव कुमार नेपाल अर्थमन्त्री रामशरण महतमाथि पनि आक्रमणको प्रयास भएको थियो ।