काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने बताएका छन् ।
अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा प्रचण्डले खतिवडालाई पदमा बस्ने नैतिक अधिकार नभएको बताएका हुन् ।
उनले भने, ‘नैतिक रूपमा उहाँले सभापतिमा बस्ने आधार छैन। उहाँले राजीनामा दिएर नै आफ्नो राजनीतिक व्यक्तिको सुरक्षा गर्न सक्नुहुन्छ।
जबरजस्ती गर्नुभयो भने गल्ती हुन्छ।यो प्रकरणको जिम्मेवारी संसदले नै लिनुपर्ने उनको भनाइ छ ।








प्रतिक्रिया