काठमाडौं, ५ साउन । सरकारले वैदेशिक रोजगारीमा निःशुल्क भिसा र टिकट कार्यान्वयनमा ल्याएपछि संख्यात्मक रूपमा विदेसिनेको संख्या केही घट्न सक्ने भए पनि सेवासुविधा बढ्ने भएको छ।
पर्याप्त सेवासुविधा दिन नसक्ने साना कम्पनीले अब कामदार मगाउन कम गर्ने समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
श्रम कानुन अनुसार सेवासुविधा दिन सक्ने ठूला तथा संस्थागत कम्पनीले नेपाली कामदारको माग अझ बढाउने श्रम विज्ञहरू बताउँछन्। टिकट र भिसा निःशुल्क दिन नसक्ने कम्पनीले कामदारलाई तलबसुविधा पनि राम्रो दिन सक्दैनन्।
विगतमा वैदेशिक रोजगारीमा देखिएका ठगीका घटना पनि साना, घाटामा गएका कम्पनी तथा अनौपचारिक क्षेत्रका कम्पनीमा अधिक आउने गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।
ठूला र संस्थागत कम्पनीले मात्र निःशुल्क टिकट र भिसामा कामदार लिने भएकाले आगामी दिनमा ठगीका घटनासमेत कमी आउने अनुमान छ।
विगतमा कामदार पठाउने र लिने दुवै देशका बिचौलियाका कारण महिनौं तलब नदिने, विदा नपाउने कम्पनीमा पनि चर्को शुल्क तिरेर नेपाली कामदार जाने गरेका थिए।
बिचौलियाले नक्कली कागजपत्र तयार पारेर कामदार झिकाउने र सोही आधारमा संख्या गनेर कमिसन लिने गरेका थिए।
पर्याप्त सेवासुविधा दिन नसक्ने साना कम्पनीले अब कामदार मगाउन कम गर्नेछन् ।
श्रम कानुनअनुसार सेवासुविधा दिन सक्ने ठूला तथा संस्थागत कम्पनीले नेपाली कामदारको माग अझ बढाउनेछन्।
अब नेपालले टिकट र भिसा निःशुल्क दिन नसक्ने कम्पनीमा कामदार नपठाउने निर्णय गरेपछि दुवैतिरका यस्ता बिचौलिया छट्पटाएका छन्।
अहिले म्यानपावर कम्पनीलाई आन्दोलित पार्नमा पनि यी बिचौलिया सबैभन्दा बढी सक्रिय देखिएका श्रम तथा रोजगार मन्त्रालयको ठहर छ।
वैदेशिक रोजगार विज्ञ डा गणेश गुरुङ टिकट र भिसा निःशुल्क दिन सक्ने कम्पनीमा मात्र कामदार पठाउने सरकारको निर्णयबाट आगामी दिन कामदार निकै लाभान्वित हुने बताउँछन् ।















प्रतिक्रिया