३० आश्विन २०८३, शुक्रबार

इदमा रगतको खोला बग्यो, ७४ जनाको एकैचिहान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepaleses Muslims exchange greetings after special prayers of the religious festival of Eid al- fitr at Kasmiri Mashjid, Ghantaghar, Kathmandu on Saturday, 18 July 2015. Muslims all over the country celebrate Eid al- fitr as Nepalese government declared a national holiday on Sunday. Post photo/Hemanta Shrestha/Kantipurआङ्कारा, ४ साउन । इद उल फित्रको अवसरमा परेको चार दिने बिदाको बेलामा भएका दुर्घटानमा परी टर्कीमा कम्तीमा ७४ व्यक्तिको मृत्यु भएको समाचार छ ।

ती छुट्टाछुट्टै दुर्घटनाहरुमा अन्य ३७५ जना घाइते भएका निजी समाचार समिति डोगानले आइतबार जानकारी दिएको छ । इद उल फित्र बिदाको उक्त अवसरमा आएजेआन र दक्षिण रिसोर्ट प्रान्तहरुमातर्फ गएका करिब सात लाख व्यक्ति सडक यात्रामा रहेका जनाइएको छ ।

गत बुधबार टर्कीभरि भएका १७ वटा दुर्घटनामा १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य एकसय ४५ जना घाइते भएका थिए । त्यसैगरी इद उल फित्रको पूर्व सन्ध्या बिहीबार टर्कीभरी भएका २१ वटा दुर्घटनामा २३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७६ जना घाइते भएका थिए ।

त्यसैगरी गत शुक्रबार भएका १८ वटा सडक दुर्घटनामा १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५५ जना घाइते भएका थिए । यसैबीच एक हप्ताभर भएका अन्य २३ वटा दुर्घटनामा १९ व्यक्तिको मृत्यु हुनुको साथै ९९ जना घाइते भएका थिए ।

टर्कीमा धार्मिक पर्वमा हुने विदाको अवसरमा हुने सडक दुर्घटना उच्च रहेको छ । सन् २०१४ मा भएको इद् अल अदाको अवसरमा भएका देशभरका सडक दुर्घटनामा टर्कीमा ६८ व्यक्तिको मृत्यु हुनुको साथै ३६७ व्यक्ति घाइते भएका थिए । रासस/सिन्ह्वा