२९ आश्विन २०८३, बिहिबार

सभासद् महिलालाई किन हानियो मुक्का ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rita-shahi-congress-savasad

काठमाडौं, २८ । काँग्रेसकी एक सभासद् बुधबार दिनदहाडै काठमाडौंमा कुटिएकी छिन् ।

काठमाडौंको नयाँ बानेश्वरस्थित संविधानसभा भवनको ३ नम्बर गेट अगाडि कांग्रेसकी सभासद् रीता शाहीलाई एक अपरचित युवकले मुक्का प्रहार गरेका हु्न् ।

संविधानसभा बैठकका लागि पुरानो बानेश्वरस्थित निजी निवासबाट टेम्पो चढेर संविधानसभा भवन पुगेकी उनलाई एक युवकले मुक्का हानेका थिए । शरीरमा हात लगाउन खोजेपछि प्रतिकार गर्दा युवकले मुक्का हानेको उनले सभामुख सुवासचन्द्र नेम्वाङलाई जानकारी गराएकी छिन् । दुई मुक्का प्रहार गरेर भागेका कारण युवकलाई भने चिन्न नसकेको उनले बताइन् ।

हुम्ला जिल्लाकी शाही काँग्रेसकी समानुपातिक सभासद् हुन् ।

सभासदमाथि दिनदहाडै दुव्र्यहार र मुक्का प्रहार भएपछि महिला सभासद्हरुको एक टोलीले सभामुख नेम्वाङ र गृहमन्त्री वामदेव गौतमको ध्यानाकर्षण गराएका छन् ।