३० आश्विन २०८३, शुक्रबार

सशस्त्र प्रहरीको भन्सार सुरक्षा गुल्मद्धारा ९६ लाख राजस्व संकलन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhansar-aPf (2)भैरहवा, ४ साउन । शसस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म रुपन्देहीले यसवर्ष लाखौंको राजस्व संकलन गरेको छ ।

भन्सार छली नेपाल भित्राइँदै गरेका सामान बरामद गरी शसस्त्र प्रहरी बल राजस्वले आर्थिक बर्ष २०७१/०७२ मा ९६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको हो । यसबीच शसस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म रुपन्देहीले भन्सार छली ल्याएको किराना समान, सवारी साधन तथा पंक्षीजन्य पदार्थ ठूलो परिमाणमा बरामद गरेको हो ।

सशस्त्र प्रहरी भंसार सुरक्षा गुल्माका सशस्त्र प्रहरी नायव उपरीक्षक कमल प्रसाद तिमिल्सीनाले चोरी–तस्करीमा शून्य सहनशीलता लिएर काम गरिएकाले पछिल्लो समय चोरी-तस्करी समेत घट्दै गएको दाबी गरे ।

Bhansar-aPf (1)

उनका अनुसार आर्थिक बर्षमा ९६ लाख ३६ हजार ३ सय १३ रुपैयाँ राजस्व संकलन भएको छ । खुद्रा तथा किराना सामानबाट ३१ लाख ७६ हजार ६ सय ८३, अवैध चोरीपैठारी गरिएका माछा मासु तथा पंक्षिजन्य पदार्थबाट ३९ लाख ४३ हजार ८ सय ३० रुपैयाँ मूल्यबराबरको बरामद भएको थियो । त्यस्तै सवारी साधनबाट २२ लाख १५ हजार, अवैध चोरीपैठारी गरिएका पशु बरामदबाट ४ लाख ८ सय मूल्यको राजस्व संकलन भएको थियो ।

त्यस्तै शस्त्र प्रहरीले डाईजेपाम, फेनारगन लगायत विभिन्न किसिमका लागु औषध समेत बरामद गरेको साथै बिभिन्न बहानामा भारत तथा तेस्रो मुलुक लैजादै गर्दा २६ जनालाई आवश्यक सोधपुछ गरी सम्बन्धित संस्थालाई जिम्मा समेत लगाएको डीएपी तिमिल्सीनाले बताए ।