
डोल्पा, १३ साउन । डोल्पाका जिल्लाको ठुलोभेरी नगरपालिका–३, धुपीचौरस्थित भेरी नदीको बिच भागमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
उद्धार गरिएकाहरूमा सोही जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–६, पालुङ बस्ने ३३ वर्षीया ललित बोहरा, २६ वर्षीया नन्दप्रसाद बोहरा, ३५ वर्षीया लालकुमार बुढा र ३७ वर्षीया श्यामलाल बोहरा छन् ।
आज बिहान दाउरा लिन गएका उनीहरू नदीमा एक्कासी पानीको बहाव बढेपछि नदीको बिच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपकराज भट्टको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरूको सकुशल उद्धार गरेको हो ।








प्रतिक्रिया