११ कार्तिक २०८३, बुधबार

बागमतीका खानेपानी मन्त्री खड्काले पनि दिए राजीनामा

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १३ साउन । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले पनि राजीनामा दिएका छन्।

उनले आज मुख्यमन्त्री बहादुरसिंह लामा समक्ष राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री लामालाई मुख्यमन्त्रीबाट हटाउने साथै कांग्रेस संसदीय दलका नेताबाट पनि हटाउन खड्काले पनि राजीनामा दिएका हुन् ।

लामाविरुद्ध संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ । खड्काले पनि इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने भएका हुन् । यसअघि काँग्रेसकै चारजना मन्त्रीले राजीनामा दिइसकेका छन् ।

यसअघि सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिइसकेका छन्।

पार्टी केन्द्रको पनि समर्थन पाएका बानियाँ आफ्नै दलका मुख्यमन्त्री लामालाई हटाएरु आफू मुख्यमन्त्री बन्ने तयारीमा छन् ।