८ कार्तिक २०८३, आइतबार

चट्याङ लागेर युवकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, ४ साउन । चट्याङ लागेर खोटाङमा आइतबार साँझ एकको ज्यान गएको छ ।

पानीसँगै परेको चट्याङले दुर्छिम–४ चुमाखुका १८ वर्षीय एवीन्द्र राईको घटनास्थलमै मृत्यु भएको हो । हलेसीबाट घर फर्कने क्रममा दुर्छिम–३ स्थित सहकाली प्राविको प्राङ्गणमा पुगेका बेला चट्याङ लागेका राईको घटनास्थलमै मृत्यु भएको स्थानीय तामन राईले जानकारी दिनुभयो ।

एवीन्द्रसँगै रहेका दुर्छिम–४ का २८ वर्षीय युवराज राई र ३२ वर्षीय टङ्कबहादुर राई गम्भीर घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । रासस