८ कार्तिक २०८३, आइतबार

रङ्गशालामा राप्रपा नेपालको अवरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal_Thapa_Rashtriya_Prajatantra_Party Nepalकाठमाडौँ, ४ साउन । ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामाथि आज देशभरका सबै निर्वाचन क्षेत्रमा सुझाव सङ्कलन कार्य सुरू भएको छ ।

संविधानसभाको ‘नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति’ को कार्ययोजना अनुसार आज र भोलि २४० वटै निर्वाचन क्षेत्रमा सभासद् तथा कर्मचारीको टोलीले सुझाव सङ्कलन गर्नेछन् ।

आज बिहानैबाट काठमाडौँ उपत्यकालगायत मुलुकका सबै क्षेत्रमा तय गरिएको कार्यक्रममा राय सुझाव दिन जनताको उत्साहजनक सहभागिता देखिएको छ । सुझाव सङ्कलनस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सरकारले सुझाव सङ्कलनका लागि आज र भोलि सार्वजनिक बिदा दिएको छ । काठमाडौँ का १० वटै निर्वाचन क्षेत्रअन्तर्गत विभिन्न स्थलमा सुझाव सङ्कलन कार्य भइरहेको छ ।

दशरथ रङ्गशालामा राप्रपा नेपालको अवरोध

काठमाडौँ निर्वाचन क्षेत्र १ अन्तर्गत दशरथ रङ्गशालामा सुझाव सङ्कलन कार्य हुनै लाग्दा राप्रपा नेपालका केही कार्यकर्ता नाराबाजीसहित कार्यक्रमस्थलमा प्रवेश गरी अवरोधको प्रयास गरेका छन् ।

सुरुमा सुझाव दिन आएको भनी सुरक्षाकर्मीलाई झुक्याउँदैभित्र छिरेका उनीहरुले भित्र आएपछि झडप र अवरोधको प्रयास गर्दा सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिई नाराबाजी गर्नेलाई बाहिर निकालेका छन् ।

सनातन हिन्दू राष्ट्र माग

यसैबीच, काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मानसिंह धर्म मावि, मनमैँजूमा सहभागी सर्वसाधारणले नयाँ संविधानमा सनातन हिन्दू राष्ट्रको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

मस्यौदामा धर्म निरपेक्ष राज्यको प्रस्ताव छ । उनीहरुले संविधानमा वर्गीय आरक्षणको व्यवस्था हुनुपर्ने, गोलाप्रथाबाट राष्ट्रपति चुन्ने प्रावधान हटाउनुपर्नेलगायतका सुझाव दिइरहेका छन् ।