४ कार्तिक २०८३, बुधबार

सरकारको नयाँ नीतिले सरकारी उच्च पदमा अब बुढाखाडा कर्मचारीले भरिभराउ हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Governmental_staff Karmachariकाठमाडौं, ४ साउन । सरकारले निजामती कर्मचारीको उमेरहद दुई वर्ष बढाउने तयारी गरेको छ ।

अहिले ५८ वर्ष उमेरहद छ । यसअघि ०४९ मा सरकारले कर्मचारीको उमेरहद ६० बाट घटाएर ५८ वर्ष बनाएको थियो ।

नेपालीको औसत आयु वृद्धि भएको र पेन्सेनेवल दायित्व पनि बढ्दै गएको भन्दै उमेदहद बढाउने तयारी गरिएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

सरकारले ल्याएको बजेट र नीति तथा कार्यक्रममा कर्मचारीको निवृत्तिभरणको दायित्व बढ्दै गएको र नेपालीको औसत आयु बढेर काम गर्न सक्ने उमेर बढ्दै गएकाले अनिवार्य अवकाशको उमेर पुनरावलोकन गरिने उल्लेख छ ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव बाबुराम अधिकारीले निजामती सेवा ऐनको पाँचौँ संशोधनमार्फत उमेरहद बढाउने गृहकार्य थालिएको बताए ।

मन्त्रालयले ऐन संशोधनका लागि आवश्यक छलफल थालेको छ ।

प्रवक्ता अधिकारीका अनुसार उमेरहद बढाउँदा निजामती सेवामा विशेषज्ञता हासिल गरेका अनुभवी कर्मचारी रहने र त्यसले सेवा प्रवाहमा प्रभावकारिता आउनेछ ।

निजामती सेवा ऐनको चौथो संशोधनका क्रममा पनि केही उच्च प्रशासकहरूले उमेरहद बढाउन लबिङ गरेका थिए ।

तर, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले असहमति जनाएपछि हुन सकेको थिएन ।