४ कार्तिक २०८३, बुधबार

पशुपतिमा २८ वर्षपछि बल्ल भदौमा शव जलाउन पाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupatinath_ghatकाठमाडौं, ४ साउन । पशुपतिनाथ परिसरमा निर्माणाधीन विद्युतीय शव दाहगृह भदौदेखि सञ्चालनमा आउने भएको छ ।

अहिलेसम्म वैदिक विधिअनुसार भष्मेश्वरघाट र आर्यघाटमा दाउराबाट शव जलाइँदै आएकामा अब विद्युतीय शव दाहगृह एउटा विकल्प हुनेछ ।

पशुपतिक्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले विद्युतीय शव दाहगृह निर्माणको काम ९७ प्रतिशत सम्पन्न भइसकेको बताए । ‘दुई वर्षअघि नै सञ्चालनमा आउनुपर्ने हो, ढिला भयो,’ उनले भने,

‘सबै काम सम्पन्न भइसकेको छ अब चाँडै सञ्चालनमा ल्याउँछौं ।’

ठेकेदारको लापरबाहीले काममा ढिलाइ भएको उनको दाबी रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । गुरुयोजना बनेको करिब २८ वर्षपछि तिलगंगा पुल नजिकै शव दाहगृह निर्माण भइरहेको हो ।

वि.सं. २०४४ मा तयार पारिएको गुरुयोजनाअनुसार शव दाहगृहका लागि ६ रोपनी जग्गा छुट्याइएको छ ।