४ कार्तिक २०८३, बुधबार

नक्कली शैक्षिक प्रमाण पत्र ल्याउनुस्, जागिर खानुस् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-armyकाठमाडौं, ४ साउन । सैनिक सचिव विभागले सबै उच्च सैनिक अधिकृत जर्नेल, कर्नेल को शैक्षिक प्रमाणपत्र र नागरिकतामाथि अनुसन्धान गर्ने भएको छ ।

विभागले प्रमुख सेनानीदेखि माथिल्लो तहका सम्पूर्ण सैनिक उच्च अधिकृतलाई परिपत्र गर्दै सक्कली शैक्षिक प्रमाणपत्र र नागरिकता मागेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

जंगी अड्डाले पठाएको फाइल रक्षा मन्त्रालयले कडाइसाथ जाँच गर्न थालेपछि विभागले आफैँ अनुुसन्धान गर्न सैनिक उच्च अधिकृतको शैक्षिक प्रमाणपत्र र नागरिकता मागेको हो ।

प्रधानसेनापति गौरवशमशेर जवराले केही समयअघि बढुवाका निम्ति सिफारिस गरी पठाएका सैनिक अधिकृतहरुको शैक्षिक प्रमाणपत्र नक्कली र नागरिकताको जन्ममिति सच्चाएको भेटिएपछि रक्षाले नाम फिर्ता गरेको थियो ।