४ कार्तिक २०८३, बुधबार

गुजरातमा स्थानीय प्रहरीले किन घेरा हाल्यो प्रचण्डलाई !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahalकाठमाडौं, ४ साउन । असामान्य मानिसहरूको भिडभाडबीच गुजरात राज्यमा उत्रिएका थिए, पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

उनलाई सोचेभन्दा पनि कडा सुरक्षा घेरामा राखेर गुजरातको अवलोकन गराइयो, आइतबार ।

भव्य सुरक्षा घेरामा उत्रिएका प्रचण्ड दिनभर गुजरातको भुज क्षेत्रमा अवलोकन र पुननिर्माणको प्रश्नोत्तरमा अलमलिएको समाचार आजको सौर्य दैनिकले छापेको छ ।

भूकम्पपछि पुननिर्माण भएको गुजरातको अवस्था बुझ्न त्यहाँ पुगेका प्रचण्डलाई भव्य स्वागत पनि गरिएको थियो ।

प्रचण्डले गुजरातको भुजमा क्षेत्रको अवलोकन गरेका थिए ।

‘पुनर्निर्माणको मोडल हेर्दा निक्कै आशलाग्दो बनाइएको रहेछ, नेपाल पनि बनाउन सकिन्छ भन्ने ऊर्जा जागेको छ,’ प्रचण्डले अवलोकनपछि भने, ‘निर्माणका लागि साहस र मन चाहिन्छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश पुगेका प्रचण्डका लागि ठूलो तामझाममा स्वागत र बलियो सुरक्षा घेरा प्रदान गरिएको थियो ।

उनले सो क्रममा भुजको भीमसार, आरटिओ, जिके जनरल अस्पताल, पुरानो बजार क्षेत्रको पुनर्निर्माणसम्बन्धी अवलोकन गरेका थिए ।

गुजरात प्रशासन प्रमुख अन्जु शर्मालगायतले प्रचण्डलाई पुनर्निर्माणसम्बन्धी जानकारी गराएका थिए ।

उच्चस्तरीय राजनीतिक घेटपछि प्रचण्ड गुजरात पुगेका थिए ।

उनले भारतीय प्रधानमन्त्री मोदी, राष्ट्रपति प्रणव मुखर्जीलगायतसँग भेट गरिसकेका छन् । उनी, सोमबार नेपाल फर्किँदै छन् ।