८ कार्तिक २०८३, आइतबार

जिशिअकोे वेवास्ताले पाल्पामा एक दरबन्दीमा दुई शिक्षक पढाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, ३ साउन । पाल्पाको तिलोत्तमा उच्च माध्यमिक विद्यालय झुम्साको माध्यमिक तह विज्ञान दरबन्दीमा २ शिक्षकले तलब खाइरहेका छन् ।

यो दरबन्दीमा रहेका डम्मरध्वज बस्याल र झबिन्द्र ज्ञवाली माध्यमिक तहका दुबै स्थायी शिक्षक हुन् । बस्याल शैक्षिक तालिम केन्द्र तानसेनमा काजमा छन् भने ज्ञवाली विद्यालयमै कार्यरत छन् । शिक्षा विभागले पटकपटक ताकेता गर्दा पनि जिल्ला शिक्षा अधिकारीले परिपत्र घर्रामा थन्काएर एउटै दरबन्दीमा २ शिक्षक राखेर तलब खुवाइरहेको शिक्षकहरु बताउँछन् ।

तिलोत्तमा उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज ज्ञवालीले डम्मरध्वज बस्यालको सट्टामा शिक्षाले झबिन्द्र ज्ञवालीलाई पठाएको बताउनुभयो । आफूहरुले नमान्दा नमान्दै पनि विभागले पत्र देखाएर स्थायी शिक्षक नै सट्टामा राखिएको जानकारी दिनुभयो । एक दरबन्दीमा दुई शिक्षकलाई तलब खुवाउनु र सञ्चयकोष कट्टा गर्नु अख्तियारको दुरुपयोग हो ।

निमित्त जिल्ला शिक्षा अधिकारी रेशमलाल न्यौपानेले स्थायीको सट्टा स्थायी नमिल्ने हो यसको कसरी सरुवा भएको हो ? जिल्लाको सन्तुलन मिलाउँदा गरेको भन्ने सुन्दछु भन्नुभयो । फिर्ता गर्न नसक्दा यो विषय समस्याका रुपमा रहेको न्यौपानेको भनाई छ । बस्याललाई जेभिटीले दरबन्दीमा राख्न नमानेपछि शिक्षा कार्यालयले झुम्सामा खटाएको थियो ।