मकवानपुर, ३ साउन । प्रहरीले मकवानपुरबाट ठूलो परिमाणमा चरेश बरामद गरेको छ ।
क्षेत्रीय प्रहरी कार्यालय हेटौडा र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले आग्रा–१ स्थित ऐसेलु खर्कबाट २ सय ९२ किलो चरेश सहित वानटन गाडी बरामद गरेको हो ।
सोही ठाउँ बस्ने राजु थिङको घरमा आइतबार ना.४ ख ४८६२ नम्वरको वानटन गाडीबाट उक्त चरेश अनलोड गर्दै गरेका व्यक्तिहरुले प्रहरीलाई टाढैबाट देख्नासाथ चरेश र वानटन गाडी छाडेर भागेका थिए ।
फरार व्यक्तिहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया