८ कार्तिक २०८३, आइतबार

केपी ओलीले पत्रकारलाई कुण्डल लगाउन भनेपछि…

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

11748763_866817190021724_2115395729_nतीर्थ सिग्देल

बिर्तामोड, ३ साउन । केपी ओली नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छन् । भावी प्रधानमन्त्रीका रुपमा चर्चाका रुपमा रहेका ओली गृहजिल्ला आईरहँदा झन् चर्चाको विषय बन्छन् । पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोईराला बिराटनगर आउँदा त्यहाँका पत्रकारलाई दशैं आएझैं हुन्थ्यो । जुन दिन कोईराला बिराटनगर आए, त्यसको भोलिपल्ट बिराटनगरका पत्रकारको मेन न्यूज छापिन्थ्यो । कोईराला आफैं पनि केही नयाँ कुरा भन्नु छ भने बिराटनगर आएर भन्छु भन्थे ।

यसपटक केपी ओली झापा आउँदा झापाका पत्रकारलाई त्यस्तै भयो । जनताको सुझाव लिन भनी सभासदहरु गाउँ–गाउँ जाँदा एमाले कार्यकर्ताले कस्तो सुझाव दिने भन्ने विषयमा ओलीले जिल्ला पार्टी कार्यालयमा भेला भएका कार्यकर्ताहरुलाई लामै व्याख्या गरे । त्यसक्रममा नागरिकको अधिकार, कर्तव्य र जिम्मेवारी बारे प्रष्ट पार्दा ओलीले महिलालाई मिनी स्कर्ट लगाउन र युवालाई कुण्डल लगाएर हिँड्न पनि छुट हुने धारणा राख्दै गर्दा उनले अघिल्तिर रहेका रेडियो बिराटका पत्रकार लक्ष्मी काफ्लेले एउटा कानमा कुण्डल लगाएको देखेपछि भने– ‘यि बाबुले एउटा कानमा मात्र लगाएका रहेछन्, अर्कोमा पनि लगाउ बाबु ।’ त्यसपछि हलमा लामो हाँसो गुञ्जियो ।

त्यसपछि ओलीले भने– ‘यसमा हाँस्ने कुरा के छ र ! भगवान राम र कृष्णले पनि लगाएका थिए । उमेरमा मैले पनि त लगाएको थिएँ ।’
उखान तुक्का र कुरा जोड्न खप्पिस ओलीले आँखाको पनि बखान गरे । उनले एउटा हिन्दी फिल्मको गीत गाउँदै भने– ‘तुमारी आँख देखके संसार भुल गया ।’ झन् हाँसो लम्बियो । त्यतिबेलै कान्तिपुर दैनिकका पत्रकार लीला बरालले थे्रसहोल्डको विषयमा प्रश्न राखे । उनको प्रश्नमाथि ओलीले उल्टै प्रतिप्रश्न तेस्र्याए । भने– ‘तपाइँलाई चाहिँ के लाग्छ ?’ फेरि बरालले भने– ‘म यो प्रश्नको उत्तर तपाई र तपाईको पार्टीबाट बुझ्न चाहन्छु ।’ ओलीले धेरै कर गरेपछि बरालले कमसेकम ३ प्रतिशत त चाहिन्छ भनेपछि ओलीले एमालेको पनि धारणा त्यहि हो भने ।