मनिला । अमेरिकी राष्ट्रपति बाराक ओबामाको एसिया भ्रमणको अन्तिम मुलुक फिलिपिन्समा नयाँ प्रतिरक्षा सम्झौतालाई अझै बलियो बनाउन उहाँ मनिला आइपुग्नुभएको छ । यसबीच यस क्षेत्रमा अमेरिकी सहयोगी मुलुक र चीनबीच क्षेत्रीय तनाव बढिरहेको छ ।
यी दुई मुलुकबीच नयाँ प्रतिरक्षा सम्झौतामा हस्ताक्षर भएको केही घण्टापछि अमेरिकी राष्ट्रपति ओबामा मलेसियाबाट मनिला आइपुग्नुभएको हो । यस सम्झौताले फिलिपिन्समामा थप अमेरिकी सेना तथा सैनिक उपकरण पु¥याउनेछ । अमेरिकाले एसियामा सैनिक शक्ति पुनः सन्तुलित बनाउन चाहेको छ ।
यसबीच राष्ट्रपति ओबामा युक्रेन समस्या समाधानमा पनि लाग्नुभएको छ ।
यस भ्रमणको अवधिमा राष्ट्रपति ओबामा जापान, दक्षिण कोरिया तथा मलेसिया पुग्नुभएको छ ।
यसबीच राष्ट्रपति ओबामाले अमेरिकाको एसियामा लक्ष्य चीनलाई नियन्त्रणमा लिने वा ऊप्रति प्रतिक्रिया दिने नभएको बताउनुभएको छ ।
उहाँले उक्त कुरा फिलिपिन्सका राष्ट्रपति बेनिग्नो अक्विनोसँग एक पत्रकार सम्मेलनमा बताउनुभएको हो ।
उहाँले अमेरिकाले चीनको शान्तिपूर्ण उदयलाई स्वागत गर्ने र अमेरिकाको यस मुलुकसँग सिर्जनात्मक सम्बन्ध रहेको बताउनुभयो । रासस÷एएफपी












प्रतिक्रिया