काठमाडौं, ३ साउन । विश्व फुटबल सम्राट पेले अस्पतालमा उपचार गरी घर फर्किनुभएको तीन महिना नपुग्दै शुक्रबार पुनः अस्पताल भर्ना हुनुभएको छ ।
उहाँको पिठ्युमा नसा च्यापिएकाले उपचारार्थ अस्पताल ल्याइएको हो । तीन महिनाअघि ब्राजिलियाली फुटबल सम्राट पेलेको प्रोस्टेट ग्रन्थीको शल्यक्रिया गरिएको थियो ।
सञ्चारमाध्यममा जनाएअनुसार विश्व प्रसिद्ध फुटबल हस्तीको अहिले साओ पाउलोस्थित अलवर्ट आइन्सटाइन अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई आइतबार अस्पतालबाट घरमा लगिने कुरा पनि त्यहाँको एक दैनिक पत्रिका ‘फोला डे एस पाउलो’ ले लेखेको छ ।
पेलेले ब्राजिलका लागि तीन पटक फुटबलमा विश्वकप उपाधि दिलाउनु भएको थियो । रासस/सिन्ह्वा















प्रतिक्रिया