– डम्मरराज भट्ट
महेन्द्रनगर, ३ साउन । कञ्चनपुरमा एक महिला बलात्कृत भएकी छिन् ।
महिला बलात्कार गरेको आरोपमा सदरमुकाम महेन्द्रनगरस्थित कन्या पार्वती मेडिकलका सञ्चालक पोमलाल शर्मालाई प्रहरीले पक्राउ गरेको हो । शुक्रवार पेट दुखेको उपचार गर्न मेडिकलमा आएकी ३२ वर्षिया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेडिकल सञ्चालक पोमलाल शर्मालाई पक्राउ गरेको हो ।
पेट दुखेको भनेर मेडिकल आएकी महिलालाई चेकजाच गर्ने भन्दै बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको पीडितको जाहेरी ।
पेट दुखेको भनेर मेडिकल आएकी महिलालाई चेकजाच गर्ने भन्दै भित्र लगी बेहोस हुने औषधि खुवाएर बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरीएको छ ।
पीडित महिलाले दिएको जाहेरीका आधारमा शर्मालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कर्णबहादुर बमले जानकारी दिनुभएको छ ।















प्रतिक्रिया