१ कार्तिक २०८३, आइतबार

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १८ बसन्त पार गरेर १९ औं वर्षमा प्रवेश गरेको छ । यही १९ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रीय कार्यालय प्रांगडमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजित कार्यक्रममा मुख्य अभिप्राय “रक्तदान जीवनदान–हामी सबैको योगदान” भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । सिटी एक्सप्रेसको कमलादीस्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो । साथै, १९ औं वार्षिकोत्सवको अवसरमा कम्पनीले वर्षको उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत पनि गरेको थियो । कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।