३० आश्विन २०८३, शुक्रबार

काँकडभिट्टा भएर साढे छ हजार बढी पर्यटक भित्रिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Touristसुरुङ्गा (झापा), ३ साउन । भूकम्पका कारण पूर्वी नाका काँकडभिट्टा भएर नेपाल भित्रने पर्यटकको सङ्ख्यामा कमी आएको छ ।

जसका कारण राजस्व सङ्कलनमा समेत ठूलो असर परेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद फुयाँलले बताउनुभयो । उहाँका अनुसार सन् २०१५ को जनवरीदेखि जुन महिनासम्ममा छ हजार ६६१ पर्यटक नेपाल भित्रिएका छन् ।

आर्थिक वर्ष २०७१÷७२ मा काँकडभिट्टा भएर भित्रने पर्यटकबाट रु ९० लाख मात्र राजस्व सङ्कलन भएको छ । अघिल्लो आव २०७०÷७१ मा रु ९८ लाख ८२ हजार ६९७ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । रासस