४ कार्तिक २०८३, बुधबार

डिभी पीआरले पाँच पटक मन्त्री छाड्नुपर्ने अवस्था आयो : मन्त्री पण्डित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lalbabu-panditकाठमाडौं, ३ साउन । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डिभी पीआरको विषयमा कुरा उठाउँदा पाँच पटक सम्म मन्त्री छाड्नुपर्ने अवस्था आएको बताएका छन् ।

नागरिक दैनिकसँगको अन्तर्वार्तामा मन्त्री पण्डितले भने–‘मन्त्रिपरिषदको बैठकमा मैले सबैलाई भने, डिभी पीआर वाला कर्मचारी राष्ट्रिय हितका लागि हुँदैनन् । तपाइँहरुलाई राम्रो लाग्छ भने तपाइँहरु एकातिर म अर्का तिर । टुँडिखेल जाऔं, दुई तिर बसेर माइक लगाऔं । मैले हारे भने तत्काल राजिनामा दिन्छु । जनताले ढुंगा हान्ने डर छ भने बन्द हलमा जाऔं मिडिया बोलाऔं । लाइभ बहस गरौं, म हारे भने हात उठाउँछु भन्दै एक्लै तीन घन्टा सम्म बहस गर्थे ।’

पण्डितले पाँच पटक राजिनामा दिनुपर्ने अवस्था आएको भन्दै भने–‘नेताहरुले नै यसले तपाइँको ज्यान खतरामा भयो भन्दा हिम्मत हुनेले झन्डा ओडाउनुहोला । हिम्मत नहुने कायरले मेरा लागि केही गर्नुपर्दैन भनेर पार्टी कै नेताहरुलाई भनेको छु ।’ डिभी पीआरको विषय उठाउँदा आएका समस्या सबै सुल्भिएको बताउँदै पण्डितले धेरै मेहनतका साथ काम गरेपछि अहिले अवस्था सकारात्मक भएको बताए ।

नेपालमा सरकारी जागिर खानेले यहाँ रहुन्जेल सपना र विपनामा विदेश देख्ने अनि विदेशमा भएका बेला चाँही सपना र विपना मै नेपाललाई गाली गर्ने परिपार्टीले कहिले मुलुकको विकास हुन्छ ? भन्दै पण्डितले भने–‘मैले त सुरुमा पेन्सन लिएका कर्मचारीलाई पनि कारबाहीको दायराभित्र ल्याउँ भनेको थिए । तर, यसमा सहमति भएन ।

देशभर १० हजार भन्दा बढी डिभी पीआर होल्डर कर्मचारी भएको बताउँदै पण्डितले ६० दिन भित्र डिभी, पीआर त्यागे यता काम गर्न पाउने बताए । सूचना लुकाउनेको भने जागिर जाने पण्डितले चेतावनी दिएका छन् ।

नेपालको शान जोगाइ राख्न पुर्खाले गरेको योगदानको चर्चा गर्दै उनले भने–‘नालापानीको लडाईं कसरी लडियो ? अहिलेजस्तो मिनरल वाटरको बोतल पनि थिएन, चाउचाउ पनि थिएन । पुर्खाले कसरी नेपाल बचाए हामीले गौरब गर्नुपर्छ कि पर्दैन ? नयाँ इतिहास रच्नुपर्छ कि पर्दैन ।’

कर्मचारीको उमेर हद ५८ बाट ६० पुर्‍याउने विषयमा बहस भइरहे पनि आफ्नो धारणा युवापुुस्तालाई बढावा दिने र सरकारी काममा युवा पुस्तालाई ल्याउने रहेको बताए ।