३० आश्विन २०८३, शुक्रबार

टाउकोमा चोट लागेका यी खेलाडीको कोमामै मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bianchi_20150719075626काठमाडौं, ३ साउन । खेल्दाखेल्दै टाउकामा चोट लागेका एक खेलाडी कोमामै निधन भएको छ ।

करिब ९ महिनादेखि कोमामा रहेका फ्रान्सेली फर्मुला वान ड्राइभर जुलेस बियान्चीको शुक्रबार निधन भएको समाचार एजेन्सीले जनाएका छन् । गत सिजनको जापानिज ग्राँ पिमा उनी घाइते भएका थिए । टाउकामा चोट लागेका उनलाई लगत्तै अस्पतालबाट रिफर गरी कोमामा राखिएको थियो ।

निसको युनिभर्सिटी अस्पतालमा २५ वर्षीय बियान्चीको शुक्रबार दुःखद निधन भएको हो । सन् १९९४ यता उनी रेसिङ दुर्घटनामा निधन हुने पहिलो फर्मुला वान ड्राइभर हुन् । बियान्चीको परिवारले उनको मृत्युको पुष्टि गर्दै भनेको छ, ‘जुलेसले अन्त्यसम्म आफ्नो जीवनका लागि संघर्ष गरे ।’

‘उनले आफ्नो पूरा जीवन यसरी नै संघर्ष गरे । तर आज उनको संघर्षको अन्त्य भएको छ । हाम्रा लागि उनलाई गुमाउनु ठूलो चोट रहेको छ,’ परिवारले भनेका छन् ।

यस्तै फर्मुला वानका प्रमुख बर्नी एक्लेस्टनले भने निधनमा दुःख व्यक्त गरेका छन् । सन् २०१३ मा बियान्ची मारुसियासँग आबद्ध भएका थिए र उनले ३४ ग्राँ पिमा आफ्नो चुनौती पेस गरे । त्यसमध्ये दुईमा उनले च्याम्पियनसिप अंक जोड्न सफल रहेका थिए । एजेन्सी